Thursday, May 31, 2012


त्यो  बेला थियो, जब म नेपाली थिएँ !
छर-छिमेकमा सबै नेपाली थियौं,
नेपाली हुनु हाम्रो गर्व थियो
रातो र चन्द्र सुर्य हाम्रो पहिचान
चार जात अनि छत्तीस वर्ण
पुर्व मेची देखि पश्चिम महाकाली
हिमाल पहाड तराई, हामी सबै नेपाली
कोहि छैन पराइ !
अनि आए नेता रुपी ब्वाँसाहरु !
कोहि संसद, कोहि सडक अनि कोहि जंगलबाट
मुलुकको मुहार फेर्ने झुटो नाटक मन्चन गर्दै
१५००० बढी निर्दोष नेपालीलाइ  बलिको  बोको  बनाइ
ससक्त  युवा शक्तिलाइ विदेशिने बाटो देखाएर
मुलुक आज साम्प्रदायिक खाडलमा खसाल्दै छन्
राष्ट्रीयताको ढोंग रचेर
अराजकताको नाङ्गो नाच नाचिरहेछन यहाँ
नत यिनलाई लाज छ नत कुनै सरम
राष्ट्रीयता आज विस्तारबाद सामु झुकी सक्यो
खै तिमीहरुले बुझेको मर्म !!


परजीवी जस्तै मुलुकलाई डसेर तिमीले चार बर्ष
स्वार्थ पुरा गर्यौ आफ्नो
तर अहिले गल्ति सबै अरुको, अनि
तिमीहरु पनि माथि को ओभानो
दाजु-भाईलाई जात-जातमा फुटाई
हिन्दु, बौद्ध अनि मुसलमानको आत्मियतालाई टुटाई
जुन जातियताको राजनीति गर्यौ तिमीले
अक्षम्य  अपराध हो यो, लाग्ने छ आँसु आमाको


खै के भनू म अरु यँहा, निशब्द छु अहिले
तर एक दिन आउने छ,
जो इतिहाँस मा लेखिने छ
तिमिले गरेका सबै पाप र दुस्कर्म को हिसाब हुने छ
गरेका गल्ति लाई आत्म ग्लानी गरि अघि बढ कपुत हरु हो समय हुँदै
नत्र ! त्यो दिन अब टाढा छैन
जब हाम्रो शोक अनि सक्ति....आक्रोश मा बदलिने छ
तब तिमि हरु ले एक मुट्ठी सास अनि एक घुट्को पानी भन्न पाउने छैनौ !!

We may have had  plenty of Revolutions in the History of our Nation. But what we really need at this moment is an Intellectual Revolution. Changing the name of a System doesn't make the big deal when the Rulers are the same with the same old mentality. May God bless us all Nepalese to overcome smoothly form this kinds of Political Crisis and many critical conditions in our society.  

No comments:

Post a Comment