Wednesday, October 17, 2012

आमा

खुम्चिएको निधार , फुलेका जिउका नशा अनि खिइएको त्यो शरीर,
कुरूप हैन आमा, तिर्थ भन्छु त्यसलाई म, भन्छु परमात्माको मन्दिर ||


सम्पन्न भएन त के भो,
डोको भित्र बिछ्यौना पाउने,
मेरो बाल्यकाल सर्बोत्तम- सुन्दर छ,
आफु खिएर मलाइ खुवाउने ,
तिम्रो महिमा अपरम्पार छ !!


उकालो-ओरालो, घास-दाउरा र पानी पधेरा,
जुध्नै पर्ने र जित्ने पर्ने लडाई साझ-सबेर,
दुखाएर आफुलाई जोगायौ मलाइ,
मुटुको टुक्रा र आखाको नाम दिलाई ||

कठोर जिन्दगीमा भार मेरो बोक्दै,
लुकाई पिडा, ममता र प्यार पोख्दै,
जुध्दै आफू, जोगायौ मलाई रात-दिन
कसैगरी तिर्न म सक्दिन आमाको ऋण ||