Thursday, June 6, 2013

मनको आवेग ...

छालको आवेग
कहाँ थामिसक्नुको
यता किनारमा
उर्लदै आएर
छिनभरमै
निथ्रुक्कै भिजाउँछ
ओभानो मनलाई



आफै उभिएको धरातल
कमजोर भएको बेला
यिनै पाईतालाको भर नलाग्दो रै'
चर्को चर्को भएको दाल पिएझै
नुनिलो पानीले प्यास नमेट्दो रै'
थाहा छैन
गोडा चार एक खुसीका
त्यान्द्रा टिप्न आएको हुँ
अथवा यहि छालको सामिप्यमा
आफैलाई समाहित गर्न?

लाटो मन
पल्लो किनार खै भन्छ सागरको
बुझाउनै गाह्रो
पर क्षितिजमा देखिने संगम
केवल पानी आकाशको मात्र भनेर
नियति एकै हो आखिरमा
सागर जस्तै
अथवा जस्तै सागर
मेरो एकपाटे खुसी

उसको एकपाटे किनारा ....