Thursday, July 25, 2013

मरिसकेका सपनाहरु

मन भित्र मरिसकेका सपनाहरु
आज फेरी खोलेर हेरे
अस्ताइसकेकी घाम उनी फेरी उदाउछिनकी भनी
आज फेरी बोलेर हेरे।।

बुझाउन खोज्छु, मन बुझ्दैन किन?
भन्छु, भैंसी हरु अघाउदैनन कहिल्यै
तर, सम्झना बनेपछी मातहरु
ज्ञानीग्न्द्रिय हरु छैनन खुशी सधैं
के बिर्सन्थे र सँगै बिताएका रातहरु।।

थाहा छ, सपनाहरु यि हुँदै हैनन,
जहाँ मात्र छन झुटा साथहरु
नभए सत्य, किन आउथ्योर सम्झनाहरु?
जहाँ मनको गाठो खोल्ने छन तिनै सुनौला रातहरु।।

त्यही मन, सुरुमा भन्थ्यो
यस्तो साथ पाइदैन
त्यही मन बिचमा बिच्कियो
भन्यो, यस्तो साथ चहिदैन
अब फेरी यही मन भनिरहेछ
झुटा कसमहरु कथमकदाचित फेरी फेरी खाईदैन।।
मन एउटै हो मात्र उमेर बदलियो
मनलाई त बुझाउदै छु म,
तर ज्ञानीन्द्रियहरु मातिएका छन
यि झुटै भए पनि साथ चाहिएको छ
आखिर रमाईलैको लागि यो नाटकहरु भए
ठिकै छ यस्ता नौटन्कीहरु बजारभरी पाइेएकै छ।।

यसै भनी सारा सपनाहरु एक्-एक गरी फाल्दै छु म
फाटेको मन फाटोस, फाट्नु जती फाटिसक्यो,
यही पैसामा बिक्ने रङहरुले टाल्दैछु म,

त्यसैले,
मन भित्र मरिसकेका सपनाहरु
आज फेरी खोलेर हेरे
अस्ताइसकेकी घाम उनी फेरी उदाउछिनकी भनी
आज फेरी बोलेर हेरे।।



No comments:

Post a Comment