Saturday, August 11, 2012

एक्लो छु


म !
माटो भएर ढुङ्गा सगै
टासिन जानिन, 
किनार भएर नदी सगै
गासिन जानिन,
अन्यायको जातोमा मकै सरी
पिसिन जानिन,
आकाश भएर क्षितिज सग
मिसिन जानिन,
त्यसैले.....
म एक्लो छु , नितान्त एक्लो !

न बुढो राजनीतिक
ईतिहासको खोल ओडेर
यथास्थितिमा लम्पसार परी
काँग्रेस बन्न सके

न म
दोबाटोमा दोधार/ दोमन लिएर
ठिङग उभी रहने दुई जिब्रे
ए.माले बन्न सके ……

न त म
मिठा मिठा सपना बाड्दै,
आशै आशाको स्वर्ग दिलाउदै,
धामसको खेती गर्ने,
ए.माओवादी बन्न सके ……
त्यसैले.....
म एक्लो छु ,नितान्त एक्लो !!

मेरो दुई खुट्टाहरु
आन्दोलनहरुमा भिड
थपी दिन मात्र काम आए ।
मेरो हातहरु
आमासभाहरुमा थपडी
मार्न मात्र लगाए ।
अलिकती बिबेक पनि
चाप्लुसी र चाकडीमा नै कजाए ।
त्यसैले....,
म एक्लो छु ,नितान्त एक्लो !!!

आज सोच्छु,
भाग्य पनि कस्तो कस्तो ?
कोही दरबारबाट एकान्त कुना तिर बसाइ सरे,
कोहि कल्पनाको आकशबाट यथार्थको धरतिमा झरे,,
नहुने जति नेपालमा नै हुदो रहेछ हारेकाहरुले नै चैन गरे
त्यसैले....,
म एक्लो छु ,नितान्त एक्लो

2 comments:

  1. Nice Creation Roshan! Muttu Chhoyo yaar!

    -Prakash Nikhil-

    ReplyDelete
  2. he he he !! Dherai dherai Dhanyabad!! humein toh aapne ne toda Dusree ma kahan dam tha..:)

    Thank Ypu very much , that you liked this.

    ReplyDelete