Monday, June 11, 2012

म कवितामा जीवन लेख्छु







म हाँसो लेख्छु,म आँशु लेख्छु

म खुशी लेख्छु,अनी पिडा लेख्छु


म जन्म लेख्छु र मृत्‍यु लेख्छु


किनकी म कवितामा जीवन लेख्छु


बिश्वास लेख्छु,घात लेख्छु


मिलन अनी बिछोड्का श्रिन्खला लेख्छु


प्रेम लेख्छु,घ्रिणा लेख्छु


किनकी म कवितामा जीवन लेख्छु


योबन कोर्छु,योबनका उन्माद उतार्छु


योउन् कल्पिन्छु र सन्तुस्टी रच्छु


अंग नाप्छु र इकाइ लेख्छु


किनकी यि नै जीवन हुन् र


म कवितामा यही लेख्छु


समाज सोच्छु र नियत प्रस्ट्याउछु


गरिबि खनेर,समानता झल्काउछु


पोलेका मकै र डडेका बिबसता लेख्छु


च्यातिका बोरा र टन्टालपुर घाम देख्छु


म जस्तो देख्यो त्यस्तै लेख्छु


किनकी म कवितामा जीवन लेख्छु।




No comments:

Post a Comment