मध्यांतर पछिको समय
उ आउला भन्ने आशामा
पर्खेर बसीरहें
न त कुनै पत्र
न त कुनै फोन
टाढा कोही रोएको
सुनिन्थ्यो कोही कराएको
सेतो बस्त्र बाँसमा लपेटिएको
बोकर हिड्दै थिए मान्छेहरु
कुटिल मुस्कान ओठमा
आफैले जन्माएर
आफैले रेटेको रे
कस्को लाश होला भनेर
टोलाउदै थिएँ म
ओहो! त्यो त संबिधान पो रहेछ
No comments:
Post a Comment