Tuesday, December 10, 2013

मेरो रहरमा



जसो गरी रमाउँछ बच्चा नयाँ शहरमा
रमाउँदै छु सपनामा बिहानीको प्रहरमा ll 


भत्काउँछु छिनमा नै छिनमै जोड्छु नयाँ संसार
घटजोडले नयाँ रंग खुल्छन् मेरो रहरमा ll


शिशिरको स्याँठ होस् वा बसन्तको मन्द बतास्
प्रेमिल गीतका धुनहरू सुहाउँछन् अधरमा ll


उर्लि जाने भेललाई पासो थापी निल्न खोज्दा
सदा बन्जर रही दिन्छ प्यासी धर्ती बगरमा ll


ढाडको डाम हेरेपछि उसले याद राखोस्

हातैमात्र फेरीने हो धार उस्तै हुन्छ खञ्जरमा ll